Comments Add Comment

पर्यटकीय स्थल चिनाउन थालियो गन्तव्यको ‘ब्रान्डिङ’, लुम्बिनीबाट शुरुआत

२८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालका पर्यटकीय गन्तव्यको पहिचानका लागि ‘ब्रान्डिङ’ शुरु गरेको छ । बोर्डले यसको शुरुआत गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट गरेको जनाएको छ । लुम्बिनीको कला, संस्कृति र विविधताको संयोजन गरेर लुम्बिनीको ‘ब्रान्डिङ’ गर्ने काम शुरु गरेको बोर्डको भनाई छ ।

क्रमशः अन्य गन्तव्यलाई पनि ब्राण्डिङ गर्दै लैजाने योजना बनाएको बताइएको छ । गन्तव्यलाई सरल र स्पष्ट रूपमा बुझ्न पर्यटकीय गन्तव्यको ब्राण्डिङ आवश्यक्ता महशुस गरी ब्राण्डिङको शुरुआत गरिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले बताएका छन् ।

उनका अनुसार पर्यटकीय गन्तव्यको पहिचान र विशेषतालाई  समेट्दै ब्रान्डिङ गर्न थालिएको हो ।

लुम्बिनीको ब्रान्डिङ कसरी गरियो ?

जापानी वास्तुकलाविद् केन्जो टाँगेको अर्किटेक्ट, ब्राहृमी लिपि, बर्मिज फन्ट र पवित्र बगैंचालाई सुन्दर ढंगले प्रस्तुत गरी संयोजन लुम्बिनीको ब्राण्डिङ गरिएको बोर्डले जनाएको छ र । जसमा लुम्बिनीको प्राकृतिक सुन्दरता सहित ‘ओम माने पद्मे हुँ’को गुन्जायमान वातावरण, राजकुमार सिद्धार्थको घुमि्रएको कपाल, सुन्दर प्राचीन सहर र बोधिवृक्षलाई ब्रान्डिङमा संयोजन गरिएको छ ।

यस्तै लुम्बिनीको टोपीग्राफी नक्सा, प्राकृतिक सुन्दरता, पुष्करणी पोखरी, अशोक स्तम्भ र चराहरू प्राचीन आर्किटेक्ट, वन, वनस्पति, परम्परा र मनोरम वातावरणलाई ‘ब्रान्डिङ’ मा स्थान दिइएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार ब्रान्डिङका काममा भिक्षुभिक्षुणीले लगाउने चिबरका विभिन्न रंग प्रयोग गरिएको छ । ब्रान्डिङपछि त्यहाँबाट प्रकाशन हुने पुस्तक, ब्रोसर, झोला तथा श्रव्य दृष्यका सामग्रीबाट एउटै खाले सन्देश प्रवाह हुने भएको हो ।

कार्ड, पोस्टकार्ड, पोस्टर र ब्यानरका लागि ब्रान्डिङ गरिएको छ । कस्तो रङको लिपि र लोगो प्रयोग गर्ने भनेर पनि उल्लेख गरिनेछ । यहाँ हुने पर्यटन प्रवर्द्धनका हरेक गतिविधिमा त्यसलाई उपयुक्त हुने गरी ब्रान्डिङका प्रकार तयार गरिएको छ । नेपालले यस अघि ‘नेचुरल्ली नेपाल’ भन्ने ब्रान्ड बनाएर समग्र देशको ब्रान्डिङ गरेको थियो ।

नेपाल जस्तै थाइल्यान्डले ‘एमाइजिङ थाइल्यान्ड’, भारतले अतुल्य भारत, मलेसियाले ‘मलेसिया इज टुर्ली एसिया’ जस्ता थिमबाट आफ्नो देशको ब्राण्डिङ गर्दै आएका छन् । बोर्डले कीर्तिपुर र पोखराको पनि ब्राण्डिङको काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment