+
+
Shares

सञ्‍चालनमा आयो मकवानपुरगढीको कोभिड अस्पताल

रासस रासस
२०७७ चैत ४ गते १५:१७

४ चैत, मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।

मकवानपुरगढी वडा नं ३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

हाल मकवानपुर गढी कोभिड-१९ सङ्क्रमणमुक्त भए पनि यससम्बन्धी समस्या देखिएमा अब स्थानीय तहमै सञ्चालित अस्पतालबाट सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताए । अहिले गाउँपालिकामा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

कोभिड अस्पतालले बिरामीको स्वास्थ्यपरीक्षण, उपचारका लागि जिल्ला अस्पतालमा सिफारिस, कोभिडका शंकास्पद बिरामीको स्वाब परीक्षणका लागि सिफारिसलगायतका काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?