+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

राष्ट्रिय भेलामा आउन केपी ओलीलाई अष्टलक्ष्मी शाक्‍यको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत ४ गते १७:५२

४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उपाध्‍यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आयोजना गरेको राष्ट्रिय भेलामा आउन निम्ता गरेकी छिन्।

बुधबार सुरु भएको राष्ट्रिय भेलामा बोल्दै उनले अध्यक्ष ओलीलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिएर भेलामा आउन आग्रह गरेकी हुन् । उनले भनिन्, ‘कमरेड केपी ओलीजी त्यो २८ गतेको गुटको भेलाबाट गरेको निर्णयलाई फिर्ता लिनुस्। अहिलेपनि समय छ, कमरेड तपाई यो भेलामा आइदिनुस् ।’

फागुन २८ गते ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको भेला गरी एमालेको विधान संशोधन, पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर लगायतको निर्णय गरेका थिए ।

आफूहरुले नेकपा एमालेलाई बलियो र सुदृढ बनाउन चाहेको नेतृ शाक्यले बताइन् । आफूहरुको भेलामा उपस्थिति हुनेलाई ओली पक्षले कारबाही गर्ने धम्की दिएको भन्दै उनले यो एमालेको आधिकारिक भेला भएको दावी गरिन् ।

भेलामा जानेहरुलाई कोही पनि भेलामा जान पाउँदैन । भेलामा जानेहरुलाई कारबाही गर्छौ भन्नुभएछ । त्यतिले मात्रै नपुगेर महासचिवद्वारा प्रेस विज्ञप्ति पनि जारी भएछ । म सबै उपस्थित कमरेडहरुलाई भन्न चाहन्छु, पार्टीले आयोजना गरेको भेलामा आउनको लागि कोही आत्तिनु पर्दैन । कोही डराउनुपर्दैन । यो गुटको भेला होइन । यो गुटको भेला होइन कमरेडहरु यो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भेला हो । केन्द्रीय कमिटीले आयोजना गरेको भेला हो’ उनले भनिन् ।

नेतृ शाक्यले एमालेलाई बलियो बनाउन चाहेको भन्‍दै केपी शर्मा ओली गुटको निर्णय सच्याएर आए आफूहरु खुला दिलले छलफल गर्न तयार रहेको बताइन् । उनले भेलामा सहभागीलाई पार्टी अध्यक्ष ओलीले कारबाही गर्ने धम्की दिएकामा आपत्ति जनाइन् ।

‘हामी नेकपा एमालेलाई बलियो बनाउन चाहान्छौँ । सुदृढ बनाउन चाहन्छौँ । अझ एकीकृत बनाउन चाहन्छौँ । देशको आर्थिक सामाजिक रुपान्तरणको दिशामा नेतृत्व गर्न चाहन्छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न चाहन्छौँ’ उनले भनिन्, ‘आज यो उद्देश्य लिएर आउँदाखेरि के भेलामा आउन डराउनुपर्ने ? के त्यस्तो खालको हामीले धम्की सहनुपर्ने ? म घोर निन्दा गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?