+
+
Shares

निर्वाचनपछि अन्योल थोरै हटेको छ, स्थिरताको प्रश्न कायमै छ : अष्टलक्ष्मी शाक्य 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १६:३०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले राजनीतिक अन्यौलता केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न अझै कायमै रहेको बताएकी छन्।
  • शाक्यले देशको समृद्धि र सुशासनका लागि सबै नेपालीबीच एकताको आवश्यकता औंल्याउँदै सबैमा देशलाई माया गर्न आह्वान गरिन्।
  • उनले महिलाहरू राजनीतिक दलभन्दा माथि उठेर राष्ट्रिय मुद्दामा एउटै स्वर हुनुपर्ने र चुप लागेर बस्न नहुने बताइन्।

२८ फागुन, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले हालै सम्पन्न निर्वाचनले देशको राजनीतिक अन्योलतालाई केही हदसम्म चिरे पनि स्थिरताको प्रश्न भने अझै कायमै रहेको बताएकी छन् ।

११६औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर मोतीदेवी स्मृति केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरिन् ।

सबै नेपालीले देशलाई माया गर्नुपर्नेमा उनको जोड छ । देश कसरी अगाडि बढ्छ भन्ने आम नागरिकको जिज्ञासालाई सम्बोधन गर्दै उनले वर्तमानका चुनौतीहरूलाई सामना गर्न सम्पूर्ण नेपालीबीच एकताको आवश्यकता औंल्याइन् ।

नेतृ शाक्यले देश रहे मात्र नागरिकको अस्तित्व रहने कुरामा जोड दिइन् ।

देशलाई माया गर्न र नेपाली–नेपालीबीच एकताको भावना विकास गर्न उनले सबैमा आह्वान गरिन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व दिन र संविधानले परिकल्पना गरेको समाजवादको लक्ष्यमा पुग्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

समाजवादको गन्तव्यमा पुग्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन र सामाजिक न्यायको क्षेत्रमा आमूल परिवर्तन ल्याउनुपर्ने र यसका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने नेतृ शाक्यले स्पष्ट पारिन् ।

उनले भनिन्, ‘अहिले निर्वाचन सम्पन्न भएको छ । एक खालको अन्योलता थोरै हटेको छ तर स्थिरताको प्रश्न कायमै छ । त्यसो भएको हुनाले अब देश कसरी अगाडि बढ्छ त भन्ने जिज्ञासा तपाईं हामी सबैलाई छ । अप्ठ्याराहरु छन्, चुनौतीहरू छन्, देशलाई सबैले माया गर्नुपर्छ नेपाल रह्यो भने हामी रहन्छौं । नेपाली रहन्छौं । नेपालै रहेन भने हामी नेपाली भएर सार्वभौम नेपाली भनेर जुन खालको छ हामीसँग त्यो पनि रहँदैन भन्ने लाग्छ । त्यसो भएको हुनाले नेपाललाई माया गरौं ।’

नेतृ शाक्यले देशको समृद्धि, सुशासन र न्यायका लागि नेपाली महिलाहरू राजनीतिक दलको घेराभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताइन् ।

महिलाहरू विभिन्न राजनीतिक पार्टीमा आवद्ध भएपनि राष्ट्रिय मुद्दामा उनीहरूको एउटै स्वर हुनुपर्ने बताइन् । संविधानले नै महिलाका हक अधिकारलाई सुरक्षित गरिसकेको र राज्यका हरेक निकायमा महिलाको पहुँच सुनिश्चित गर्दै लगेको अवस्थामा अब महिलाहरू चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?