+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
140/5 (18.1)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

अष्टलक्ष्मीको आक्रोश- ओलीबाट महिलाप्रति अपमानमात्रै भयो, यस्तो नेतृत्व चाहिँदैन

‘पूर्वराष्ट्रपतिलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’

‘यस्तो नेतृत्व अवको आवश्यक्ता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यक्ता होईन । महिलालाई अवमुल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो इस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनुपर्छ, उठ्नुपर्छ,’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २३ गते १६:०९

२३ मंसिर, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले एमाले अध्यक्ष केपी ओलीले महिलाहरूलाई सधैं अपमान गरेको आरोप लगाएका छन् ।

एमालेको ११ औं महाधिवेशन सन्दर्भमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा उनले यस्तो आरोप लगाएकी हुन् । ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर अपमान गरेकोप्रति उनले आपत्ति जनाइन् ।

गणतन्त्र नेपालको प्रधानमन्त्री भइसकेको व्यक्तिले पूर्वराष्ट्रपतिलाई पटकपटक अपमानित शब्दहरू प्रयोग गर्ने गरेको उनको आरोप छ ।

‘उहाँ (केपी शर्मा ओली) मा सोच नै छैन । महिलाप्रति हेर्ने दृष्टिकोण नै छैन । महिलालाई अपमान गरेको गर्‍यै छ,’ शाक्यले आक्रोश पोखिन्, ‘आधा भन्दा बढी जनसंख्याको हिस्सा महिलाले ओगटिरहेको अवस्थामा, महिला हिंसाविरुद्धको यत्रो १६ दिने अभियान मात्रै होइन, निरन्तर आवाज उठिरहको बेलामा यो खालको शब्द प्रयोग गर्ने भनेको सबै महिलाहरूको अपमान हो । यसको विरुद्ध सशक्त आवाज उठ्नुपर्छ ।’

महिलाको अपमान गर्नेको विरुद्ध सशक्त आवाज उठाउनुपर्ने शाक्यको भनाइ छ । महिलालाई अपमान गर्ने, अवमूल्यन गर्ने नेतृत्व आजको आवश्यक्ता नभएको उनको उनले बताइन् ।

‘एउटा पूर्वराष्ट्रपति, परमाधिपति पनि भन्छौँ, देशको संरक्षक पनि भन्छौँ, संविधानको संरक्षक पनि भन्छौँ । उहाँलाई धामीझाँक्री भनेको के हो ? यस्तो अपमान गर्न पाइन्छ ?’, उनले भनिन्, ‘सामान्य महिलालाई त गर्न पाइँदैन भने पूर्वराष्ट्रपति भइसकेकोलाई यो शब्दले अपमान गर्ने हद भनेको यो नेतृत्वलाई सुहाउँदैन । यो नेतृत्वले गर्नै हुँदैन । तर गर्न हुन्छ, कसले गर्न हुन्छ ? केपी ओलीले गर्न हुन्छ ।’

अध्यक्ष ओलीले सञ्चारमाध्यममा पूर्वराष्ट्रपति भण्डारी चालेका कदमहरूमा व्यंग्य भावसहित आफूसँग सल्लाह नै नगरिकन परैदेखि धामीले जस्तो घुमरौं लाएर झर्ल्याङ्–झर्ल्याङ् गरेर मुजुरका प्वाँख–स्वाँख लाएर ढ्याङढ्याङ पार्दै ‘म राष्ट्रपतिबाट आएँ, ठाउँ छोड्, ठाउँ छोड्, म अध्यक्ष हुन्छु, ठाउँ छोड्’ भन्दै आउन मिल्छ ? भन्दै प्रश्न उठाएका थिए ।

सोही कुरालाई उपाध्यक्ष शाक्यले आपत्ति जनाएकी हुन् । ओलीजस्तो नेतृत्व अबको आवश्यकता नभएको उनको भनाइ छ ।

‘यस्तो नेतृत्व अवको आवश्यक्ता होइन । महिलालाई अपमान गर्ने नेतृत्व आजको आवश्यक्ता होइन । महिलालाई अवमुल्यन गर्ने नेतृत्व आजको आवश्यकता होइन । त्यसो भएको हुनाले यो इस्यू चाहीँ जल्दोबल्दो रुपमा उठाउनुपर्छ, उठ्नुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?