Comments Add Comment

कोरोनाको जोखिमले विकास खर्च कम : अर्थ मन्त्रालय

५ चैत, काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को माघ महिनासम्म विकास खर्च न्युन हुनुमा कोभिड-१९ महामारी नै मुख्य कारण भएको बताएको छ । अर्थ बुलेटिन सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो ।

अर्थ मन्त्रालयका अनुसार माघ महिनासम्म १७.८ प्रतिशत मात्र पूँजीगत खर्च भएको छ । यस अवधिमा चालु खर्चमा भने ११.२ प्रतिशतको वृद्धि भएपनि पुँजीगत खर्च गत आवको यसै अवधिको तुलनामा १८.७ प्रतिशत कम भएको छ । वित्तीय व्यवस्थामा समेत गत आवको तुलनामा यो वर्ष ३१.७ प्रतिशत कम खर्च भएको छ ।

मन्त्रालयले भनेको छ, ‘खासगरी कोभिड १९ संक्रमणको जोखिमका कारण विकास निर्माणले गति लिन नसकेको कारण पुँजीगत खर्चले अपेक्षित गति लिन सकेको छैन ।’ यसअवधिमा कुल संघीय खर्च भने ३३.८८ प्रतिशत भएको छ ।

यस्तो छ माघसम्मको संघीय खर्च

चालु : ४ खर्ब ६ अर्ब ७२ करोड (३३.९ प्रतिशत)

पुँजीगत : ६२ अर्ब ८४ करोड (१७.८ प्रतिशत)

वित्तीय व्यवस्था : ३० अर्ब ११ करोड (१७.४ प्रतिशत

राजस्व लक्ष्यको ९६.५८ प्रतिशत
माघसम्म सरकारले लक्ष्यको ९६.५८ प्रतिशत मात्र लक्ष्य भेटाउन सफल भएको छ । यो वर्ष सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड रुपैयाँ बराबरको राजस्व उठाउने लक्ष्य राखेको छ । माघसम्म यस्तो लक्ष्य ५ खर्ब ४९ अर्ब ५१ करोड थियो ।

यसबीचमा प्राप्ति भने ५ खर्ब ३० अर्ब ७२ करोड भएको छ । राजस्वमा उत्पादन, बिक्री तथा सेवामा लाग्ने मूल्य अभिवृद्धि करले राम्रो भरथेग गरेको पाइएको छ । यस्तो मूल्य अभिवृद्धि करमा १०९.९२ प्रतिशतको प्रगति देखिएको छ । भन्सार महसुल भने ९६.५२ प्रतिशत मात्र प्रगति भएको छ । कुल मूल्य अभिवृद्धि करमा भने ८८.७५ प्रतिशत मात्र प्रगति छ ।

अन्तःशुल्क लक्ष्यको ८४.६८ प्रतिशत उठेको छ । आयकरको प्रगति समेत मात्र ९५.७४ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । अन्यकरको प्रगति ९१.०३ प्रतिशत देखिन्छ । गैरकर राजस्व ८२.३९ प्रतिशत प्रगति छ ।
माघसम्मको तथ्यांकअनुसार भन्सार महसुलमा गत आवको यसै अवधिको तुलनामा २१.१ प्रतिशतको वृद्धि भएको छ । आयकर संकलनमा गत आवको यसै अवधिको तुलनामा ९.६ प्रतिशतको गिरावट आएको छ ।

माघसम्म उठेको कर

भन्सार विन्दुमा संकलन भएको कर : २ खर्ब २२ अर्ब ४१ करोड

आन्तरिक राजस्व : २ खर्ब ३५ अर्ब ६९ करोड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment