Comments Add Comment

गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिन्छ : प्रधानमन्त्री ओली

७ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताएका छन् ।

नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत चेतावनी दिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपाल समूहले प्रतिक्रियावादी तत्वसँग साँठगाँठ गरी गुटको भेला गरेर कम्युनिष्ट आन्दोलनलाई कलंकित बनाउन खोजेको आरोप लगाए ।

‘नेतृत्वलाई खुइलाउने, सरकार पार्टीको बदनाम गराउने नियतले भएको उक्त भेला मैले र महासचिवले नगर्न निर्देश गर्दागर्दै गरेकाले त्यसको निन्दा गर्दछौं,’ उनले भने, ‘निर्लज्जापूर्वक कम्युनिस्ट अन्दोलनकै इतिहासमा कलंकको रुपमा चिनिएको भेला आयोजना गर्ने अगुवालाई स्पष्टीकरण सोधिनेछ । आत्मालोचना गरेर आए सोच्न सकिनेछ नत्र कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ ।’

प्रधानमन्त्री ओलीले सरकारले संसदलाई बिजनेस दिएन भन्ने कुरा गलत भएको दाबी गरे । उनले आफ्नोे राजीनामा माग्नेहरुले संसदमा अविश्वास प्रस्ताव ल्याए हुने बताए ।

‘राजीनामा माग्नेहरुलाई म मन नपरेको हो भने अविश्वासको प्रस्ताव ल्याए हुन्छ । तर सरकारविरुद्ध त्यो आउने स्थिति देखिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment