Comments Add Comment

आगोमा जलेर एकजनाको मृत्यु

१४ चैत, काठमाडौं । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एकजनाको मृत्यु भएको छ । बारीमा आगो लगाउने क्रममा जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो ।

आफ्नै बारीमा आगो लगाउने क्रममा जलेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए ।

घटना शुक्रबार भएको भएपनि स्थानीयले शनिबार मात्र मनबहादुरको शव जलेको अवस्थामा फेला पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment