Comments Add Comment

कंगनाले भावुक हुँदै लेखिन्, ‘म एक अनावश्यक बच्चा थिएँ’

बलिउड अभिनेत्री कंगना रनौट सधैजसो चर्चा र विवादको घेरामा हुन्छिन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छिन् । साथै कुनैपनि मुद्दामा आफ्नो तर्क दिइरहेकी हुन्छिन् । हालै मात्र कंगनालाई ‘मर्णिकर्णिका’ र ‘पंगा’का लागि राष्ट्रिय पुरस्कार प्राप्त भयो । यसपछि उनलाई धेरैले तारिफ गरिरहेका छन् ।

फिल्ममेकर विवेक रन्जन अग्निहोत्रीले पनि कंगनाको खुलेर प्रशंसा गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘कंगना अथक उर्जाले भरिपूर्ण छिन् र मलाई लाग्छ उनले अथक उर्जा, अटुट काम र कठिन कोभिड कालमा पनि उत्कृष्ट फिल्म बनाएका कारण उनलाई सम्मान गर्नुपथ्र्यो । सोच्नुहोस् त, जयललितादेखि एयर  फोर्सको एक्सन फिल्मसम्म …..एक किसिमको जीवन । नयाँ अभिनेताले उनीबाट धेरै कुरा सिक्न सक्छन् ।’

विवेक अग्निहोत्रीको ट्वीटबाट कंगना निकै भावुक भएकी छिन् । त्यसपछि उनले आफ्नो यात्रा कति कठिन थियो भन्ने कुरा बताएकी छिन् । आजसम्म उनले थुप्रै कठिन क्षण गुजारेकी छिन् ।

कंगनाले ट्वटीमा आफ्नो भावना व्यक्त गर्दै लेखेकी छिन्, ‘म एक अनिच्छुक बच्चा थिएँ । तर, आज म सर्वश्रेष्ठ फिल्म निर्माता, कलाकार र प्राविधिकसँग जोडिएर काम गरिरहेकी छु । मलाई आफ्नो कामप्रति प्रेम छ । म पैसाका लागि काम गरिरहेकी छैन, केवल प्रशिद्धिको खातिर । जब दुनियका सर्वश्रेष्ठ मान्छेले मलाई देखाउँदै भन्छन् कि केवल तिमीले मात्र यस्तो गर्न सक्छौं ।’

कंगनाले बेलाबखत आफुलाई ‘अनावश्यक बच्चा’ भन्ने गरेकी छिन् । उनले २०१६ मा अन्तर्राष्ट्रिय महिला दिवसको मौकामा भनेका थिइन् कि, कंगनाको जन्म भएको दश दिनपछि उनका मातापिताले आफ्ना छोरा गुमाएका थिए । ‘जब म जन्मिएँ, मेरो आमाबुवा खासगरी मेरी आमा यो कुरा स्वीकार गर्न राजी थिइनन् कि उनको लागि एक बच्ची जन्मिएकी छिन् । मैले यो कुरा थाहा पाएँ, मलाई मेरा आफन्तले यो कुरा सुनाएका थिए कि म आमाबुवाको लागि अनावश्यक बच्ची थिएँ ।’

यतिबेला कंगना आफ्नो फिल्मको छायांकनमा व्यस्त छिन् । उनी थलाइवी, धकड र तेजस जस्ता एकपछि अर्को फिल्ममा व्यस्त छिन् । यसपछि उनी मणिकर्णिको सिक्वेल बनाउने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment