Comments Add Comment

म्यानमारमा अन्त्येष्टिमा सहभागीमाथि सेनाले चलायो गोली

१५ चैत, काठमाडौं । म्यानमारमा आइतबार अन्त्येष्टिमा सहभागी मानिसमाथि सुरक्षाकर्मीले गोली चलाएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार सुरक्षाकर्मीबाट शनिबार मारिएका ११४ जनाको अन्त्येष्टिमा सहभागी मानिसहरुमाथि सुरक्षाकर्मीले गोली चलाएको हो ।

प्रत्यक्षदर्शीका अनुसार याङ्गुननजिकै बागोमा भइरहेको अन्त्येष्टिमा सुरक्षाकर्मीले गोली चलाएका हुन् । यद्यपि अहिलेसम्म कुनै हताहती भएको वा नभएको भन्ने खुलेको छैन । ‘हामीले क्रान्तिको नारा लगाइरहेका थियौं, त्यतिबेला नै सुरक्षाकर्मीहरु आए र गोली हान्न थाले’, एक प्रत्यक्षदर्शीले भने ।

स्थानीय समाचार संस्था तथा प्रत्यक्षदर्शीका अनुसार अन्य दुई छुट्टाछुट्टै घटनामा प्रहरीको गोली लागी दुईजनाको मृत्यु भएको छ । जसमध्ये एकजनाको राजधानी न्यपेतमा आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएको हो ।

म्यानमारका प्रदर्शनकारीले भने क्रान्ति सफल नभएसम्म आन्दोलन नरोकिने बताएका छन् । यसैक्रममा म्यानमारको सेना र सशस्त्र धार्मिक समूहसँगको द्वन्द्व पनि चर्किएको छ ।

शनिबार सेनाले थाइल्याण्डको सीमानजिकैको क्षेत्रमा हवाइ आक्रमण पनि गरेको थियो । सो क्रममा १० जनाको मृत्यु भएको थियो । सेनाको आक्रमणपछि त्यहाँका बासिन्दा जंगलतिर भागेका थिए ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment