
१६ चैत, गोरखा । १४ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–७ थर्पुका ४० वर्षीय भगवान खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार बिहान दूध लिन जाँदै गरेकी बालिकालाई बाटोमा भेटेपछि खोल्सामा लगेर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख भएको डीएसपी प्रकाश दाहालले बताए ।
पक्राउ परेका खत्रीलाई सोमबार जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको दाहालले जानकारी दिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4