Comments Add Comment

म्यानमारकी सुन्दरीको अपील : म्यानमारमा मानिसहरु मरिरहेका छन्, सहयोग गर्नुस्

तस्वीर : INSTAGRAM/HANN_MAY

१८ चैत, काठमाडौं । सुन्दरी प्रतियोगितामा भाग लिन थाइल्याण्डको बैंकक पुगेकी म्यानमारकी विद्यार्थीले प्रजातन्त्रका लागि सडकमा आएका प्रदर्शनकारीमाथि आफ्नो देशको सेनाले दमन गरिरहेको भन्दै सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेकी छन् ।

थाइल्याण्डको राजधानी बैंककमा शनिबार राति सम्पन्न मिस ग्राण्ड इन्टरनेसनल पेजेन्ट प्रतियोगितामा यांगुन विश्वविद्यालयकी विद्यार्थी हान ले पनि प्रतिस्पर्धी थिइन् ।

प्रतियोगिताको उपाधि अमेरिकाकी अबिना अपियाले जित्दा हानले भने मञ्चलाई आफ्नो देशको अवस्थाबारे विश्व समुदायको ध्यानाकर्षण गराउन सदुपयोग गरिन् ।

‘जतिबेला म यो मञ्चमा छु, मेरो देशमा थुप्रै मानिसहरु मरिरहेका छन्’ गहभरि आँसु पार्दै उनले भनिन्, ‘आजै मात्र १०० भन्दा बढीको मृत्यु भएको छ । सडकमा ज्यान गुमाएका मानिसप्रति गहिरो दुःख व्यक्त गर्छु ।’

म्यानमारका जनता प्रजातन्त्रका लागि सडकमा आएको भन्दै उनले भनेकी छन्, ‘म पनि एक हुँ, जो प्रजातन्त्रका लागि जोड दिइरहेको छु … म यहाँ भन्न चाहन्छु, कृपया सहयोग गर्नुहोस् । हामीलाई तत्काल अन्तर्राष्ट्रिय सहयोग आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment