+
+
Shares

राष्ट्र बैंकमा कार्यरत कर्मचारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २२ गते १७:३६

२२ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना वरिष्ठ महिला कर्मचारी पक्राउ परेकी छन् । बैंककी निर्देशक सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख  एसएसपी अशोक सिंहले बताए ।

‘उहाँले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी  वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।’

सुष्माले भुपेन्द्रप्रसाद रिजालको नाममा रहेको माछापुच्छ्रे बैंकको खातामा रहेको रकम र लकरमा रहेको सुनचाँदी समेत अनधिकृत रुपमा निकालेको दावी छ ।

यस्तै सृजना फाइन्‍नास र अरनिको सहकारीमा भएको रकम झुक्याएर निकालेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुष्माले कुल तीन करोड रुपैयाँभन्दा धेरै रकम लिइ जाहेरवालालाई हेरचाह नगरी सम्पत्ति लिइसकेपछि बेवास्ती गरी ज्येष्ठ नागरिक ऐन, २०६३ अन्तर्गतको कसूर गरेको जाहेरीमा भनिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?