
२६ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको अध्यक्षमा सागर न्यौपाने नेतृत्वको प्यानल नै विजयी भएको छ । न्यौपाने प्रेस संगठनका नेता हुन् ।
मत परिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । मत परिणाम घोषणाको अन्तिम तयारी भइरहेको निर्वाचन समितिका कमल गिरीले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार केन्द्र, प्रदेश र जिल्ला शाखाहरुको निर्वाचन भएको थियो । अहिले देशभर मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4