Comments Add Comment

घोडालाई खुवाउने औषधि किन खाइरहेका छन् फिलिपिनोहरु ?

१ वैशाख, काठमाडौँ । कोरोना भाइरसको नयाँ लहर विश्वमा पुनः तीव्र गतिमा फैलिँदैछ । यस घातक भाइरसको संक्रमणबाट जोगिनका लागि मानिसहरुले अनेक खालका उपाय अपनाइरहेका छन् । तर फिलिपिन्समा चाँहि यहीबेला हैरान पार्ने घटना सार्वजनिक भएको छ ।

समाचार अनुसार पछिल्लो समय फिलिपिन्सका नागरिकहरु कोरोना भाइरसबाट जोगिनका लागि घोडाको औषधि सेवन गरिरहेका छन् ।

कोरोना विरुद्धको खोपको अभावबाट गुज्रिरहेको फिलिपिन्समा मानिसहरुमा सरकारप्रतिको विश्वासमा पनि कमी आउँदै गएको र मानिसहरु कोरोनाबाट आतंकति भएर घोडालाई खुवाउने आइभर्मेक्टिन (Ivermectin) नामको औषधि खाने गरेको बताइएको छ ।

फिलिपिन्समा यो घोडाको औषधिप्रति मानिसहरु यतिधेरै विश्वस्त छन् कि त्यहाँका कतिपय नेता तथा सोसल मिडियाका सेलिब्रेटीहरु समेत त्यसलाई कोरोना खोपकै रुपमा प्रवर्द्धन र प्रचार गरिरहेका छन् ।

तर स्वास्थ्य विशेषज्ञहरुले भने घोडाको औषधिले कोरोना भाइरसबाट बचाउने दाबीलाई गलत भनेका छन् । त्यो औषधिलाई फिलिपिन्समा मानिसका लागि प्रयोग गर्न अनुमति पनि दिइएको छैन ।

उक्त औषधि बनाउने कम्पनी मर्कले एक विज्ञप्‍तिमा उक्त औषधिले कोरोनाबाट जोगाउने कुरामा सत्यता नभएको बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment