Comments Add Comment

क्रिप्टोकरेन्सी कम्पनीको शेयर बजारमा धमाकेदार डेब्यु

कम्पनीको मूल्य १ खर्ब १२ अर्ब डलर पुग्यो

अमेरिकी शेयर बजार नास्डाकमा प्रवेश गरेको पहिलो दिनमै क्रिप्टोकरेन्सी कम्पनी क्वइनबेस ग्लोबल इंकको बजार मूल्य एक खर्ब १२ अर्ब डलरसम्म पुगेको छ ।

बुधबार शेयर बजारमा डेब्यू गरेको नास्डाकको मूल्य एक खर्ब १२ अर्ब डलर नाघेको भए पनि दिनको अन्त्यमा ८६ अर्ब डलरमा कायम भयो ।

डाइरेक्ट लिस्टिङको माध्यमबाट स्टक मार्केटमा प्रवेश गरेको क्वइनबेसको धमाकेदार सुरुआतलाई बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको विश्वव्यापी मान्यता तथा लोकपि्रयताको लागि कोशेढुंगा मानिएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीहरुको लोकप्रियता र चुलिँदो मूल्यका कारण स्थापित ठूला कम्पनीहरु समेत यस्ता डिजिटल मुद्राहरुमा लगानीका लागि हाम फाल्न थालेका छन् ।

बुधबार स्टक मार्केटमा प्रति शेयर मूल्य ३८१ डलरसँगै क्वइनबेसको कारोबार सुरु भएको थियो । त्यसअनुसार क्वइनबेसको मूल्य एक खर्ब १२ अर्ब डलर पुगेको थियो । त्यो मंगलबार निर्धारण गरिएको आधारमूल्य २५० डलरभन्दा ५२.४ प्रतिशतले बढी हो ।

बुधबार शेयर मूल्य ३२८.२८ डलर हुँदा बजार बन्द भयो । यसबाट पहिलो दिनमै क्वइनबेसको बजार मूल्य ८५ अर्ब ७८ करोड डलर कायम भएको छ ।

जबकि न्युयोर्क स्टक एक्सचेन्सको मालिक इन्टरकन्टिनेन्टल एक्सचेन्ज इंकको बजार मूल्य ६६ अर्ब डलर छ ।

क्रिप्टोकरेन्सी कम्पनी क्वइनबेसको स्थापना सन् २०१२ मा अमेरिकाको सन फ्रान्सिस्कोमा भएको छ । यसका विश्वभर गरी ५ करोड ६० लाख प्रयोगकर्ता छन् भने यसको प्लाटर्फममा २ अर्ब २३ करोड क्रिप्टोकरेन्सी मुद्रा सम्पत्तिको रुपमा रहेको छ । जुन कूल क्रिप्टो मुद्राको बजारको ११.३ प्रतिशत हो

क्वइनबेसका प्रमुख वित्तीय अधिकृत एलेसिया हासले क्रिप्टो अर्थतन्त्रमा पारदर्शिता ल्याउन सफल भएकोमा आफूहरु खुसी बनेको बताए ।

स्टक मार्केटमा क्वइनबेसको प्रवेश तथा ससक्त उपस्थितिले क्रिप्टोकरेन्सी बजारलाई पहिचान प्राप्त हुनुका साथै यसलाई मूलधारमा ल्याएको उनको भनाइ छ ।

गत सेप्टेम्बरमा क्वइनबेस कम्पनीको मूल्य केवल ६ अर्ब डलर मात्र थियो । तर बिटक्वइनको मूल्यमा भएको बढोत्तरीसँगै यसको मूल्य पनि बढ्दै गएको थियो ।

विश्वको सर्वाधिक महँगो क्रिप्टोकरेन्सी बिटक्वइनको मूल्य मंगलबार ६३ हजार डलर पुगेको छ । सन् २०२१ को पहिलो त्रैमासिकमै बिटक्वइनको मूल्य झण्डै दोब्बर भएसँगै यसको कारोबार गर्ने कम्पनी क्वइनबेसको आम्दानीसमेत बढेर एक अर्ब ८० करोड तथा खुद मुनाफा ८ करोड डलर पुगेको छ । जबकि सन् २०२० मा क्वइन बेसको वाषिर्क आम्दानी जम्मा १ अर्ब ३० करोड थियो ।

रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment