+
+

कांग्रेसको पदाधिकारी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १०:१२
फाइल तस्वीर

८ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ ।

आगामी भदौमा हुने १४ औं महाधिवेशनको सन्दर्भमा पदाधिकारी र पूर्वपदाधिकारीहरु छलफलमा जुटेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

कांग्रेसले क्रियाशील सदस्यता विवाद टुंगो लगाउन सकेको छैन । विभिन्न जिल्लाका झण्डै चार लाख सदस्यको विवरण अध्यावधिक हुन नसकेको कांग्रेस नेताहरु बताउँछन् ।

विवरण नपठाएका जिल्लाहरुलाई कांग्रेसले सदस्यताको विवरण पठाउन थप एक साताको समयसीमा दिएको छ।

पदाधिकारी बैठकमा १४ औं महाधिवेशनको साथै पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?