+
+

वीरगञ्‍जमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १४:१८

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज– १९ बिन्दबासिनी बस्ने ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

वैशाख ५ गते नारायणी अस्पतालमा भर्ना भएका उनको बिहीबार बिहान १०:५० बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक सरोज रोशन दासले जानकारी दिए । वैशाख ६ गते कोरोना संक्रमण पुष्टी भएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

वीरगञ्जमा बिहीबार बिहानै एकजना महिला संक्रमितको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?