Comments Add Comment

भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा क्यानडाको प्रतिबन्ध

१० वैशाख, काठमाडौं । क्यानडाले भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा ३० दिनका लागि प्रतिबन्धको घोषणा गरेको छ । क्यानडाका यात्रायातमन्त्री ओमर अल्घाब्राले यी दुई मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय बढ्दो क्रममा रहेको भन्दै यात्रुवाहक उडानमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् ।

नले भारत र पकिस्तानबाट आउने धेरै मानिसमा कोरोना संक्रमण देखिएको बताएका छन् । यो निर्णय शुक्रबारदेखि कार्यान्वयनमा आएको छ । यद्यपि, अहिले गरिएको निर्णयले मालवाहक विमानको उडानमा भने कुनै असर नगर्ने यातायात मन्त्री अल्घाब्राले बताएका छन् ।

विशेषगरी खोप, पीपीई र अन्य आवश्यक सामग्रीको आपूर्ति सहज गराउन मालवाहक विमानको उडान नरोकिने उनको भनाइ छ ।क्यानडामा १० लाखभन्दा धेरै भारतीय मूलका मानिसहरु बस्छन् । साथै पाकिस्तानी मूलका एक लाखभन्दा धेरै मानिसहरु छन् ।

क्यानडाको स्वास्थ्य मन्त्रालयका अनुसार क्यानडामा आउने मानिसहरुमध्ये १.८ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा हुनेमा भारतबाट आउनेको संख्या आधाभन्दा बढी छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment