Comments Add Comment

दिल्लीका आश्विनले छाडे आईपीएल

१३ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सका खेलाडी रविचन्द्रन आश्विनले बीचमै इन्डियन प्रिमियर लिग (आईपीएल) छाडेका छन् । उनले परिवारसँग समय बिताउन भन्दै टिम छाडेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएका छन् ।

आइतबार दिल्लीले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै चौथो जित हात पारेपछि आश्विनले प्रतियोगिता छाड्ने निर्णय लिएका हुन् । साथै उनले अवस्थाले साथ दिए फेरि फर्कने समेत जनाएका छन् ।

‘म यस वर्षको आईपीएलबाट ब्रेक लिँदैछु,’ आश्विनले लेखेका छन्, ‘मेरो परिवार र विस्तारित परिवार कोभिड-१९ विरूद्ध लडाइँ गर्दै छन् र म उनीहरूलाई यो कठिन समयमा सहयोग गर्न चाहन्छु । यदि चिजहरु सही दिशामा गए भने म खेलमा फर्कने आशा गर्दछु ।’

आश्विनले दिल्लीले खेलेका ५ वटै खेल खेलेका थिए ।

मुम्बईबाट यस सिजनको आईपीएल सुरु गरेको दिल्लीले चेन्नाईमा हुने खेल सकाएको छ र सोमबार अहेमदवाद प्रास्थान गर्नेछ ।

आइतबारै राजस्थान रोयल्सका अष्ट्रेलियन खेलाडी एन्ड्रु त्येले पनि आईपीएल छाडेका छन् र व्यक्तिगत कारण देखाउँदै उनी घर फर्केका छन् । गत साता राजस्थानकै लिया लिभिङ्गस्टो पनि थकानलाई कारण देखाउँदै इंग्ल्याण्ड फर्केका छन् । यसअघि नै राजस्थानका बेन स्टोक्स चोटका कारण बाहिरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment