Comments Add Comment

घर फर्किंदै हुनुहुन्छ ? यस्तो छ सबै सवारी रूटको भाडादर

१६ वैशाख, काठमाडौं । बिहीबारबाट लागू हुने गरी काठमाडौं उपत्यकामा १४ दिनका लागि निषेधाज्ञा जारी भएपछि राजधानीबाट आफ्नो घर फर्किनेहरु बसको टिकट काट्न लाइनमा छन् । काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भिड लागेको छ ।

एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा टिकटमा कालोबजारी भएको छ । यात्रुले बढी भाडा तिनुपर्ने समस्या देखिन थालेको छ ।

तोकिएको भाडाभन्दा बढी असुल्न धेरै यातायात व्यवसायीहरु अग्रसर भइसकेकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।

त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ । डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधनले तोकिएको भाडादरमा पनि थप २० प्रतिशत बढाएर लिनसक्ने विभागले जनाएको छ ।

यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्न नहुने विभागले बताएको छ । सरकारले सिटबाहेकमा यात्रु राख्न पनि नपाइने बताएको छ ।

यातायात व्यवस्था विभागले ०७५ असोज ७ गते प्रचलनमा रहेको भाडादरमा १० प्रतिशत वृद्धि गरी भाडादर कायम गरेको थियो । त्यसयता भाडादर समायोजन भएको छैन ।

हेर्नुहोस् भाडादर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment