Comments Add Comment

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ । एक भारतीय नागरिकसहित वीरगञ्जमा आइतबार मात्रै तीन जनाको मृत्यु भएको छ । नारायणी अस्पतालमा मात्रै मृत्यु हुने संक्रमितको संख्या २७ पुगेको छ ।

उपचारकै क्रममा आइतबार बिहान ९ः५५ मा छिपहरमाई–३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार नै अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

एन्टिजेन परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि कोभिड निमोनियाका कारण दुवै फोक्सोले काम नगर्दा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार उनमा कुनै पनि दीर्घ रोग थिएन ।

अस्पतालमा उपचाररत ६३ जना संक्रमित मध्ये अधिकांशलाई अक्सिजन दिएर राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment