+
+

शपथ लिएसँगै पोखरेलले गरे मन्त्रिपरिषद विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १९ गते २१:१३

१९ वैशाख, बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा बैजनाथ चौधरी आर्थिक मामिला तथा योजना र  प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका हुन् ।

बैजनाथ यसअघि आर्थिक मामिला तथा योजनामन्त्री नै थिए भने रिजाल पहिलोपटक मन्त्री बनेका हुन् ।

यस्तै जनता समाजवादी पार्टीको कारवाहीमा परेर विजयवहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र सन्तोष पाण्डे भौतिक पुर्वाधार विकास मन्त्री नियुक्त भएका छन् ।

वैशाख ६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका उनीहरूसहित चार जना मन्त्री बनेका थिए । तर जसपाले कारबाही गरेपछि चारै जनाको सांसद पद खारेज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?