+
+
Shares

श्वासप्रश्वासमा समस्या देखिएपछि कांग्रेस नेता भण्डारी अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २२ गते १३:१३
फाइल तस्वीर

२२ वैशाख, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी अस्पताल भर्ना भएका छन्।

कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?