+
+

सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २३ गते १६:०२

२३ वैशाख, सुर्खेत । सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन् ।

दैलेखको डुङ्गेश्वर गाउँपालिका–७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार उनीहरूको साथबाट चार ग्राम बराबरको ४१ पुरिया लागूऔषध बरामद भएको छ । विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट उनीहरुलाई नियन्त्रणमा लिएको डीएसपी घर्तीले बताए ।

उनीहरु दुवै जनालाई बुधबार साँझ पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?