+
+
Shares

गण्डकी प्रदेशमा चार जना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख २४ गते १४:३८

२४ वैशाख, काठमाडौं । गण्डकी प्रदेशअन्तर्गत पर्वत, तनहुँ र कास्कीमा गरी चार जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पर्वतका दुई, तनहुँ र कास्कीका एक/एक जना गरी कुल चार जनाको मृत्यु भएको हो ।

उनका अनुसार पर्वतको जलजला गाउँपालिका–३ का ६३ वर्षीय पुरुषको वैशाख २३ गते होमआइसोलेसनमा मृत्यु भएको हो । उनीमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

पर्वतकै कुश्मा नगरपालिका–९ का ५३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २३ गते मृत्यु भएको हो । उनीमा वैशाख १३ गते संक्रमण पुष्टि भएको थियो ।

तनहुँको व्यास नगरपालिका–१ की ६० वर्षीया महिलाको वैशाख २३ गतै नै मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको उनले बताए । उनीमा सोही दिन संक्रमण पुष्टि भएको थियो ।

कास्कीको पोखरा महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको पनि मणिपाल शिक्षण अस्पतालमै वैशाख २३ गते मृत्यु भएको शर्माले बताए । उनीमा वेशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?