+
+
Shares

मेक्सिकोकी एन्ड्रियाले जितिन् ‘मिस यूनिभर्स २०२०’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १२:०४

मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् ।

‘यदि तपाईं देशको लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् ।

ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?