+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १६:१५
फाइल तस्वीर

३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर ‘प्रख्यात’ ले संक्रमण भएको पुष्टि गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको अनलाइनखबरलाई जानकारी दिए । कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि चिकित्सकको सल्लाह अनुसार परीक्षण गराउँदा उनको रिपाेर्ट पोजेटिभ आएको कुँवरले बताए ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डाक्टर शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?