Comments Add Comment

‘सारंगी र्‍याई र्‍याई ’ चलेपछि पशुपतिले भने,– म हाँस्य–व्यङ्ग्य गीतमै ठिक रहेछु’

युटुब र टिकटकमा विगत केही समयदेखि खुबै रुचाइएको एउटा गीत हो, गायक पशुपति शर्माको, ‘सारंगी र्‍याई र्‍याई ’ । पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको गीत सार्वजनिक भएको छोटो समयमै २० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् ।

यो गीत हाँस्य शैलीमा तयार पारिएको छ । गायक शर्माको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा मोडल करिश्मा ढकाल र गायक शर्माको अभिनय छ । भिडियोमा कलाकारहरु हाँस्य शैलीमै प्रस्तुत छन् ।

पशुपतिले यसअघि केही मार्मिक गीतहरु सार्वजनिक गरेका थिए । तर, ती गीतले उल्लेख्य भ्यूज पाएका थिएनन् । हाँस्य व्यङ्ग्य खालका गीतलाई भने स्रोता दर्शकले रुचाउँदै आएका थिए ।

‘सारंगी ¥याई ¥याई’ बोलको गीतलाई स्रोता तथा दर्शकले रुचाएपछि पशुपति आफू हाँस्य व्यङ्ग्य गीतमै ठिक रहेको बताउँछन् । उनले भने–‘म हाँस्य–व्यङ्ग्य गीतमै ठिक रहेछु । आउँदा दिनमा हाँस्य विधामै व्यङ्गात्मक गीत सिर्जना गर्ने कोशिस गर्नेछु ।’ उनले गीतलाई मन पराएकोमा स्रोता तथा दर्शकलाई धन्यवाद दिएका छन् । प्रकाश भट्टको निर्देशन रहेको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् । भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment