Comments Add Comment

कलैयामा हत्या गरिएका दुई बालकको परिवारलाई राहत सामग्री

८ जेठ, वीरगञ्ज । हत्या गरिएको अवस्थामा भेटिएका बाराको कलैया उपमहानगरपालिका–७ रंगपुरका ९ वर्षीय अमिन र ७ वर्षीय उसमान अंसारीको परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्ले संरक्षण नेपालसँगको सहकार्यमा सञ्चालन गरेको बाल हेल्पलाइन नं. १०९८ नेपाल बाराले अन्सारी परिवारलाई राहत सहयोग गरेको हो ।

जेठ ४ गते घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनीहरुको शव भेटिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

रोजगारीका लागि विदेश गएका उनीहरुका बुवा अब्दुल गफार अंसारी अहिले पनि उतै छन् । घरमा आमासँगै १२ र ५ वर्षीय २ जना छोरी र हजुरआमा छन् । परिवारको आर्थिक अवस्था एकदमै कमजोर छ ।

अन्सारी परिवारलाई चामल २ बोरा, आलु ५ किलो, प्याज ५ किलो, दाल ३ किलो, सोयाबिन १ किलो, नुन ५ प्याकेट, तेल, मसला लगायतका सामग्री हस्तान्तरण गरिएको संरक्षण नेपालका अध्यक्ष वृजमोहन कुशवाहाले जानकारी दिए ।

बाल हेल्पलाइनले बालबालिकाहरुको हकहित संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको छ ।

यो पनि पढ्नुहोस बारामा घाँटी रेटेर दुई बालकको हत्या

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment