Comments Add Comment

विवेक झा सूर्या लाइफको सञ्चालकमा

९ जेठ,  काठमाडौं । बीमा क्षेत्रको सेलिब्रेटी सिईओको रुपमा परिचय बनाएका विवेक झा अन्ततः कार्यकारी भूमिका नभई सक्रिय सञ्चालकको भूमिकामा देखिने भएका छन् । विवेक झा माछापुच्छ्रे बैंक हुँदै करिव ११ वर्षअघि नेपाल लाइफ इन्स्योरेन्स भित्रिएका थिए ।

माछापुच्छ्रे बैंकमा २ वर्ष काम गरेका विवेक झा एक दशक -१० वर्ष) लामो नेतृत्वदायी भूमिका निर्वाह गरी नेपाल लाइफलाई बीमा क्षेत्रको सर्वोच्च स्थानमा पुर्याएका थिए ।

२ कार्यकाल सीईओ बनेर बीमा समितिको संस्थागत शुसाशन अनुसार कार्यकाल सकाएर नेपाल लाइफबाट बिदा भए । गत साउन १ गतेबाट बीमा क्षेत्रमा नदेखिएका बीमा बजारका अनुभवी विवेक झा फेरी कुनै कम्पनीको सीईओ बन्ने अनुमान विपरित संचालकको रुपमा सूर्या लाइफबाट आाएका छन् ।

विशाल गु्रपको लगानी रहेको सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका हुन् । कम्पनीको जेठ ७ गते बसेको २९१ औं सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अब उनीको कार्यकारी भूमिका भन्दा पनि रणनीति निर्माण गर्ने भूमिकामा बीमा क्षेत्रमै उपस्थिति रहने छ ।

सञ्चालकको रुपमा प्रवेष गरेता पनि झालाई सूर्या लाइफ इन्स्योरेन्स पनि नेपालको अब्बल जीवन बीमा कम्पनीको रुपमा स्थापित गर्नु पर्ने चुनौती रहेको छ । झा संस्थापक समूहबाट प्रतिनिधित्व हुने गरी सञ्चालक बनेका हुन् । भिजे इन्भेष्टमेन्ट कम्पनीको प्रतिनिधित्वको रुपमा झा नियुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment