
१२ जेठ, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंख्या मंगलबार दिउँसो ३ः१० बजेदेखि बुधबार बिहान २ बजेसम्मको हो ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँके र रुकुम पश्चिमका दुई/दुई जना, सल्यान र दाङका एक/एकजनाका मृत्यु भएको हो ।
बाँकेको राप्तिसोनारी गाउँपालिका–५ का २३ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार ४ः३५ बजे र राप्तिसोनारी गाउँपालिका–६ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमै बुधबार बिहान २ बजे मृत्यु भएको हो ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–१० की ६६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार ३ः१० बजे र आठबीसकोट नगरपालिका–१० का ३२ वर्षीय पुरुषको भेरी अस्पतालमा मंगलबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।
सल्यानको छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मंगलबार साँझ ५ः३० बजे र दाङको लमही नगरपालिका–६ का ४८ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार बिहान १ बजे मृत्यु भएको ओलीले बताए ।
प्रतिक्रिया 4