Comments Add Comment

फिल्मप्रति रुची र चासो अझै छः सुमिना घिमिरे

नेपाली चलचित्र क्षेत्रमा एक दशक अगाडि नायिका सुमिना घिमिरेको चर्चा खुबै हुन्थ्यो । चलचित्रमा उनले गरेको अभिनय, अवार्ड शोमा उनले दिएको मन्तव्य होस् या उनले चलचित्रमा दिएको दृश्य नै किन नहोस्, उनले खुबै चर्चा पाइन् ।

गसिप बजारमा सुमिना खुबै रमाएकी थिइन् । उनले ‘दुलही’ चलचित्रमा नायक राजेश हमालको फ्यान भएर अभिनय गरेपछि चर्चा पाएकी थिइन् । यसपछि, सुमिनाले ‘नाइन ओ क्लक, स्टार, लभ फरेभर, रंग बैजनी’ लगायतका चलचित्रमा काम गरिन् ।

तर, ७ बर्ष अगाडि आफ्ना प्रेमी रोशन सापकोटासँग बिहे गरेपछि सुमिना चलचित्र क्षेत्रबाट टाढा भइन् ।

चलचित्र क्षेत्रबाट टाढा भएसँगै घरयासी जीवनमा व्यस्त बनेकी सुमिनाले कोरोना संक्रमणका कारण निषेधाज्ञा भएपछि समस्यामा परेका प्राविधिकहरुलाई सहयोग गरिन् ।

सुमिनाले आफूलाई चलचित्र क्षेत्रप्रतिको रुची र चासो अझै पनि भएको बताएकी छिन् । तर, चलचित्र क्षेत्रमा फर्किने बिषयमा भने उनको अहिले कुनै सोच छैन ।

सुमिनाले चलचित्र क्षेत्रलाई दिनुपर्ने समय आफूले दिइसकेकाले बिहेपछि परिवारलाई नै समय दिनुपर्छ भनेर चलचित्र क्षेत्रबाट टाढा भएको बताएकी छिन् ।

कुनै समय चलचित्र क्षेत्रमा खुबै चर्चामा रहेकी यी नायिकाले तत्काल चलचित्र क्षेत्रमा नफर्किने संकेत गरेकी छिन् । तर, उनका श्रीमान्ले भने सुमिना चलचित्र क्षेत्रमा फर्किएको आफूले हेर्न चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment