+
+

बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १४:३५

१७ जेठ, काठमाडौं । बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न र रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?