Comments Add Comment

बार्सिलोना जानु यो सही समय होइन : जाभी

२२ जेठ, काठमाडौं । बार्सिलोनाका पूर्व खेलाडी जाभी हर्नान्डेजले प्रशिक्षक बनेर बार्सिलोना फर्कनु अहिले सही समय नभएको बताएका छन् । उनले बार्सिलोनालाई ‘नो’ भन्न कठिन भएपनि क्याटलान क्लबको प्रशिक्षक बन्ने यो सही समय नभएको बताए ।

रोनाल्ड कोएमनल क्लबमै बस्ने पक्का भएपछि २०२१/२२ को सिजन बार्सिलोनाको मुख्य प्रशिक्षक को हुने भन्ने बहस अन्त्य भएको छ ।

यद्यपि जाभीको नाम पनि बार्सिलोनासँग जोडिंदै आएको थियो । जाभी भविष्यमा कुनै पनि समय बार्सिलोनाको मुख्य प्रशिक्षक बन्न सक्ने त्यहाँका सञ्चारमाध्यमले बताउँदै आएका छन् ।

जाभीलाई बार्सिलोनाको प्रशिक्षक बन्न दुई पटक प्रस्ताव भएको थियो तर स्पेनिस पूर्व खेलाडीले त्यसलाई अस्वीकार गरे र यसलाई उनले कठिन भएको बताएका हुन् ।

‘भाग्यवश वा दुर्भाग्यवश मैले बार्सिलोनालाई दुई पटक नो भनें किनकि विभिन्न परिस्थिति, परिवार, व्यवसाय र सम्झौताले गर्दा,’ जाभीले ला भानगार्डियालाई भने, ‘निश्चय पनि यो निकै कठिन हो किनकि म बार्सिलोनाको फ्यान हुँ, तर यो सही समय होइन ।’

जाभीले जस्तो प्रस्ताव आउँछ त्यसको मूल्यांकन गरेर निर्णय गरेको बताए । साथै उनले आफू अहिले हतारमा नरहेको पनि स्पष्ट पारे ।

बार्सिलोनमा आउँदा उनलाई मानिसहरुले सन्देश पठाएपनि त्यहाँ कोएमन प्रशिक्षक रहेकाले उनको सम्मान गर्नुपर्ने र आफू हतारमा नरहेको उनले बताए ।

जाभी हाल कतारी क्लब अल शादको प्रशिक्षक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment