+
+

दक्षिण कोरियाका प्रमुख कम्पनीमा काम गर्नेलाई कोरोना खोप दिइने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २७ गते १७:००

२७ जेठ, काठमाडौं । दक्षिण कोरियाले मुलुकको प्रमुख कम्पनीमा काम गर्ने मानिसहरुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने भएको छ ।

बिहीबार दक्षिण कोरियाको सरकारले चिप निर्माता तथा इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने कामदारहरुलाई कोरोना खोप दिने विषयमा छलफल भइरहेको बताएको हो। कोरोना संक्रमणको कारण कम्पनीको उत्पादनमा कुनै किसिमको समस्या नआओस् भन्नका लागि दक्षिण कोरियाले यस्तो निर्णय गरेको हो ।

दक्षिण कोरियाका श्रममन्त्रीले सामसुङ इलेक्ट्रोनिक्स, एसके हाइनिक्स इंक र एलजी इलेक्ट्रोनिक्सलाई पत्र लेखेर कामदारहरुलाई कोरोना खोप लगाउन आवश्यक विवरण मागेका थिए ।

अहिले श्रम मन्त्रालय र दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केडीसीए)बीच यस विषयमा छलफल चलिरहेको छ । तर, अझै पनि कुनै निर्णय भने भइसकेको छैन । केडीसीएका निर्देशक जेओङ एउन किओङले सेप्टेम्बरपछि मात्र उक्त प्राथमिकतामा पर्ने मानिसहरुलाई कोरोना खोप दिइने बताएका छन् ।

अहिले विश्वभर विशेषगरी कार निर्मातालाई चिपको अभाव देखिएको अवस्थामा आपूर्तिमा कमी नहोस् भन्ने मनसायका साथ कोरियाले यस्तो निर्णय गरेको हो । दक्षिण कोरियामा कोरोना खोप अभियान ढिला सञ्चालन भए पनि पछिल्लो समय सरकार यसलाई तीव्रता दिने उद्देश्यका साथ अघि बढेको छ ।

अहिलेसम्म दक्षिण कोरियाले करिब एक करोड मानिसलाई कोरोना खोप दिएको छ । जुन समग्र जनसंख्याको १९.६ प्रतिशत हो । यस वर्षको तेस्रो त्रैमाससम्म आफ्ना ७० प्रतिशत नागरिकलाई कोरोना खोप दिने सरकारको लक्ष्य छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?