+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ओम अस्पतालले ल्यायो ‘पोस्ट कोभिड हेल्थ चेकअप प्याकेज’

अनलाइनखबर अनलाइनखबर
२०७८ असार ३ गते १७:१७

३ असार, काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज सार्वजनिक गरेको छ ।

कोभिड संक्रमणमुक्त भइसके पनि त्यसपछि देखापर्ने विविध स्वास्थ्य समस्याका कारण उत्पन्न हुनसक्ने जटिल अवस्थाबाट जोगाउन ओम हस्पिटलले आवश्यक जाँच तथा परीक्षणसहितको सुलभ ‘पोष्ट कोभिड हेल्थ चेकअप’को घोषणा गरेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या र सम्भावित जटिल अवस्थाको समयमा नै निदान तथा उपचार गरी नेपालमा बढ्दो क्रममा रहेको पोस्ट कोभिड मृत्युदरलाई घटाउने उद्देश्यसहित यो प्याकेज घोषणा गरिएको ओम हस्पिटलका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले जानकारी दिए ।

अस्पतालले ६ हजार पाँच सय रुपैयाँमा उपलब्ध गराएको पोष्ट कोभिड प्याकेजअन्तर्गत सीबीसी, सीआरपी, कोभिड एन्टिबडी,  डी–डाइमर, चेस्ट एक्सरे, ईसीजी लगायतका जाँचको सुविधासहित विशेषज्ञ चिकित्सकसँगको कन्सल्टेसन सुविधा उपलब्ध हुने अस्पतालले जनाएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाले पोष्ट कोभिड हेल्थ चेकअप प्याकेज पूर्ण स्वास्थ्यलाभ गरी ढुक्कसँग आफ्नो नियमित जीवनशैली र कामकाजमा फर्कनेहरुका लागि उपयोगी रहेको बताए ।

कोभिड मुक्तभएको लामो समयसम्म पनि शारीरिक समस्या हुने, जीउ दुख्ने, छिटो थकाइ लाग्ने, छाती दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, उच्च रक्तचाप, हिंड्दा स्वाँ–स्वाँ हुने, सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन सक्ने चिकित्सकहरुको भनाइ छ । यस्तो समस्या देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनीहरुले बताए ।

प्याकेजअन्तर्गत परीक्षण गर्नका लागि ओम अस्पतालको सम्पर्क नम्बर ०१–४४७६२२५ मा फोन गरेर वेलनेस मेडिसिन सेन्टरको एक्टेन्सन नम्बर १८७ मा अग्रिम बुकिङ पनि गर्न सकिने सुविधासमेत रहेको विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?