
७ असार, सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिका-३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् ।
कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइ सरेका हुन् । गाउँमाथि रहेको माटो र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गरे ।
गाउँको माथिपट्टिको भिरमा ठुलो ढुङ्गा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेपछि बसाइँ सरेका हुन् । भिरमा रहेको ठूलो ढुङ्गा आसपास क्षेत्रबाट ससाना ढुङ्गा खस्न सुरु भएको छ । बस्तीमाथिको जमीन भासिँदै गएपछि कारङ्गा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । लगातारको वर्षाले बस्तीभन्दा करिब १०० मिटरमाथि जमीन भासिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4