Comments Add Comment

बन्द भयो हङकङको प्रजातन्त्र पक्षधर पत्रिका

९ असार, काठमाडौं । हङकङको सबैभन्दा ठूलो प्रजातन्त्र पक्षधर पत्रिका एप्पल डेल्ली बन्द हुने भएको छ । एप्पल डेल्लीको कार्यालयले पत्रिका बन्द हुने घोषणा गरेको हो ।

गत साता हङकङको राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेको आरोपमा पत्रिकाको कार्यालयमा छापा मारिएको थियो । सो क्रममा प्रहरीले प्रधान सम्पादक र पाँच अन्य कार्यकारीहरु पनि पक्राउ परेका थिए । साथै यो कम्पनीको नाममा रहेको सम्पत्ति पनि जफत गरिएको थियो ।

यो पत्रिकाले निरन्तर हङकङ र चिनियाँ नेतृत्वको आलोचना गर्दै आएको थियो । एम्नेस्टि इन्टरनेशनलले एप्पल डेल्ली बन्द हुनुलाई ‘हङकङको आधुनिक इतिहासमा प्रेस स्वतन्त्रताको लागि कालो दिन’ भएको बताएको छ ।

‘सरकारले आफ्नो आलोचनाको आलेख प्रकाशित हुने र हङकङको अवस्था अन्तर्राष्ट्रिय समुदायलाई बताउँदै आएको पत्रिकालाई पूर्णरुपमा प्रतिबन्ध लगाएको छ’, एम्नेस्टिको विज्ञप्तिमा भनिएको छ ।

एप्पल डेल्लीको कम्पनीले भने कर्मचारीहरुको सुरक्षालाई ध्यानमा राख्दै बुधबार मध्यरातदेखि लागू हुने गरी पत्रिका बन्द गर्ने निर्णय भएको बताएको छ । एप्पल डेल्लीका संस्थापक जिम्मी लई अहिले राष्ट्रिय सुरक्षा कानुन उल्लंघनको आरोपमा जेल सजाय भोगिरहेका छन् ।

यो पनि पढ्नुहोस हङकङका मिडिया सञ्चालकलाई थप १४ महिना जेल सजाय

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment