Comments Add Comment

वर्ल्ड टेष्ट च्याम्पियनसिप जित्न न्युजिल्याण्डलाई १३९ रनको लक्ष्य

९ असार, काठमाडौं । आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिप जित्नका लागि न्युजिल्याण्डले १३९ रनको लक्ष्य पाएको छ । दोस्रो इनिङ्समा भारत १७० रनमा अलआउट भएपछि न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको हो ।

साउथह्याम्पटनमा बुधबार न्युजिल्याण्डका फास्ट बलरले उत्कृष्ट प्रदर्शन गरेपछि भारत सामान्य स्कोरमै अलआउट भएको हो । भारतका ऋषव पन्तले सर्वाधिक ४१ रन बनाए । यस्तै रोहित शर्माले ३० रन जोड्दा रवीन्द्र जडेजाले १६ रन बनाए ।

अजिन्क्या रहाने र चेतेश्वर पुजाराले समान १५, कप्तान विराट कोहली र मोहमद शामीले समान १३ रन जोडे ।न्युजिल्याण्डका टिम साउथीले सर्वाधिक ४ विकेट लिए । यस्तै ट्रेण्ड बोल्टले ३, केली जेमिसनले २ र निल वेगनरले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङ्समा २१७ रन जोड्दै अलआउट भएको थियो । पहिलो इनिङ्समा न्युजिल्याण्ड पनि २४९ रन जोड्दै अलआउट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

हेपिएको हेलम्बु

Advertisment