Comments Add Comment

सुर्खेतमा असार १७ गतेसम्म निषेधाज्ञा थपियो

फाइल तस्वीर

१० असार, सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा असार १७ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘जिल्लामा संक्रमितको दर केही घटेपनि जोखिम कायमै छ, संक्रमणको चेन ब्रेक नभएसम्म निषेधाज्ञा थप्नु नै उत्तम भएकाले असार १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ,’ प्रजिअ रिजालले भने ।

उनका अनुसार यसअघि शनिबार बाहेक हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म खुल्दै आएका पसलहरु अब ६ देखि २ बजेसम्म खुल्ने छन् । निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु र सरकारी कार्यालयहरु पनि खोल्न पाइनेछ ।

यस्तै खाद्य सामग्रीका पसल, निर्माण सामग्री, हार्डवेयर, इलेक्ट्रोनिक, भाँडा पसल, पुस्तक पसल, फेन्सी पसल, वर्कसप पनि सञ्चालन गर्न सकिने प्रशासनले जनाएको छ । होटल, रेष्टुरेन्ट र खाजा पसल भने पूर्णरुपमा बन्द हुनेछन् । तर, होम डेलिभरी भने गर्न दिइने प्रशासनले जनाएको छ ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ । सरकारी कार्यालयका कर्मचारीहरुले पनि बिहान ९ देखि १०ः ३० र बेलुका ५ देखि ५ः ३० बजेसम्म मात्रै सवारी साधन सञ्चालन गर्न पाउनेछन् । सुर्खेतमा वैशाख १५ गतेयता निषेधाज्ञा जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment