+
+

बजेट छलफलमा विवाद भएपछि प्रदेश २ को प्रदेशसभा बैठक ८ दिनलाई स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १५ गते १७:२२

१५ असार, जनकपुरधाम । प्रदेश-२ को प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ । मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

प्रदेशसभामा गत असार १ गते प्रस्तुत गरिएको आगामी आ.ब. २०७८-७९ को बजेटमाथि छलफल गर्ने गरी मंगलबारको बैठक आह्वान गरिएको थियो । मंगलबार बस्दै नबसी स्थगित भएको बैठक अब असार २३ गते बस्ने प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

गत असार १ गते प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुतिपछि त्यहीं दिन बसेको अर्को बैठक विपक्षी सांसदले अवरुद्ध गरेका थिए ।

संसदीय विकास कोषको रकम बृद्धि नगरेको भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेपछि मंगलबारका लागि बैठक आह्वान गरिएको थियो । तर, संसदीय विकास कोषको रकम वृद्धिबारे प्रदेश सरकारले छलफल नगरेपछि बैठक पुनः अवरुद्ध हुने आशंकामा प्रदेश सभा बैठक सारिएको हो ।

विपक्षी दलका सांसदले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई २ करोड ५० लाख उपलब्ध गराउन माग गरेका छन् । सरकारी बजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको उनीहरुको दावी छ ।

प्रदेश सभा बैठक शुरु नहुँदा बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?