Comments Add Comment

संकटा क्लबले फुटबल एकेडेमी सञ्चालन गर्ने

१५ असार, काठमाडौं । ए डिभिजन लिग क्लब संकटाले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मंगलबार अखिल नेपाल फुटबल क्लब (एन्फा), संकटा क्लब र नेक्सस स्कुलबीच एकेडेमी सञ्चालन गर्न त्रिपक्षीय सम्झौता भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका उपाध्यक्ष तथा युथ डेभलपमेन्ट कमिटीका अध्यक्ष उपेन्द्रमान सिंह, संकटा क्लबका कार्यवाहक अध्यक्ष सुरेन्द्र सिख्राकार र नेक्सस स्कुलका प्रिन्सिपल आरबी कटुवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौतापछि नेक्सस-संकटा युथ फुटबल एकेडेमी सञ्चालन हुनेछ । एकेडेमीमा संकटा क्लबका ७ र नेक्सस स्कुलका ७ युवा खेलाडी रहने छन् । पहिलो वर्ष कूल १४ खेलाडीले संकटा क्लबको मैदानमा प्रशिक्षण गर्नेछ भने नेक्सस स्कुलले युवाहरुका लागि छात्रवृत्ति प्रदान गर्नेछ ।

दोस्रो वर्षबाट खेलाडी संख्या बढाएर कुल २१ बनाइनेछ । एन्फाका अनुसार त्यसका संकटाले १४ खेलाडी उपलब्ध गराउनेछ ।

सम्झौतापछि संकटा क्लब एकेडेमी सञ्चालन गर्ने विभाग बाहिरका पहिलो क्लब बनेको छ । यसअघिनै त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ र नेपाल पुलिस क्लबले एकेडेमी सञ्चालन गरिसकेका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) को कार्यक्रम अनुसार संकटाले एकेडेमी सञ्चालनमा ल्याउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment