+
+

इसेवा मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार १६ गते १८:३५

युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै नेपालीहरूले रियाको संजालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजार भन्दा धेरै स्थानहरूबाट सहजै इसेवा वालेटमा रेमिट्यान्स् पठाउन सक्नेछन् ।

योे सम्झौताले रिया मनी ट्रान्सफरले विश्वभर रेमिट्यान्सको डिजिटल भुक्तानीका लागि गरिरहेकोे प्रयासलाई थप सहयोग पुर्याएको छ र डिजिटल रेमिटेन्स सेवाको बढ्दो महत्वलाई अझ बढि मान्यता दिएको कम्पनीले जनाएको छ ।

यसले ‘डिजिटल भुक्तानी इकोसिस्टम’ तिब्र रूपमा निर्माण भएका नेपालजस्ता देशहरुमा रेमिट्यान्स्कोे क्षेत्रमा ठुलो सहयोग पुग्ने कम्पनीको विश्वास छ । रियासँग अब नेपालको पहिलो र अग्रणी डिजिटल वालेट सेवा प्रदायक इसेवाका ४२ लाख बढी ग्राहकसम्म पहुँच हुनेछ ।

रिया मनि ट्रान्स्फरका ग्लोबल सिईओ शौन फिल्डरले भने,’हामी नेपालमा इसेवा मनी ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदानिकै उत्साहित छौँ । हाम्रो सहकार्यले यस क्षेत्रमा नयाँ अवसरहरु ल्याउनेछ र सुलभ, सुविधाजनक र किफायति रेमिट्यान्स् सेवा मार्फत प्रवासी समुदायलाई सहयोग गर्ने हाम्रो प्रतिवद्धतालाई जारी राख्न सहयोग पुर्याउनेछ ।’

एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भने,े ‘अन्तरदेशीय रेमिट्यान्स्मा विश्वको अग्रणी कम्पनीरियासँग साझेदारी गर्नु २००९ देखि नेपालमा दिगो डिजिटल भुक्तानी इकोसिस्टम निर्माण गर्ने हाम्रो यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो । हामी वैकल्पीक भुक्तानी सेवाहरू प्रदान गर्ने र वित्तीय सेवामा अधिक पहुँच पुर्याउने मात्र होइन विश्वभरी रहेका नेपालीहरूका लागि पैसा पठाउँदा लागत घटाउने दिशामा काम गर्न उत्साहका साथ लाग्नेछौँ ।’

सहकार्यले नेपाललाई फिन्टेकमा आधारित रेमिटेन्स सेवाका लागि उदयीमान बजारका रूपमा स्थापित गरेको छ जहाँ, डिजिटल रेमिट्यान्स्ले जटिल भूगोल र ३ करोड जनसंख्यालाई परम्परागत किसिमको रेमिट्यान्स् कारोबारमा भइरहेका चुनौतीहरुको समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?