+
+
Shares

अष्ट्रेलियामा मन्त्रीले यौन दुर्व्यवहार गरेको पूर्व सांसदको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २२ गते १४:५९

२२ असार, काठमाडौं । अष्ट्रेलियाकी एक पूर्व सांसद जुलिया बाङ्क्सले बहालवाला मन्त्रीमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी छिन् ।

बाङ्क्सले सन् २०१७ मा संसद् भवनमा हालका मन्त्रीले आफूलाई गलत मनसायले छोएको आरोप लगाएकी हुन् ।

बाङ्क्सले सन् २०१७ मा संसदीय निर्वाचनको सेसन चलिरहेको समयमा पुरुष सांसदले गलत तरिकाले आफ्नो संवेदनशील अंगमा हात राखेको बताएकी छिन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनको कार्यालयले यो आरोपबारे यसअघि जानकारी नभएको बताएको छ । कार्यालयले यस किसिमको व्यवहार ‘पूर्णरुपमा गलत’ भएको बताएको छ ।

बाङ्क्सले आफूलाई दुव्र्यवहार गर्ने व्यक्तिको पहिचान भने खुलाएकी छैनन् । ती सांसद् अहिले अष्ट्रेलियाको मन्त्री रहेको उनको भनाइ छ । बाङ्क्सका अनुसार रातको समयमा चलिरहेको भोटिङ सेसनको क्रममा ती पुरुष सांसद् आफ्नो सिटको नजिक आएर बसेको र हात आफ्नो घुँडामाथि राखेको र विस्तारै माथि सार्दै लगेको आरोप लगाएकी छिन् ।

उनले भनेकी छिन्, ‘प्रधानमन्त्रीको क्याबिनेटको एक हिस्सा रहेका मन्त्री, जसले पूरा सांसदले भरिएको हलमा यस्तो कार्य गर्छन् भने यसका लागि लज्जित हुनुपर्छ ।’

आफूमाथि घटेको घटनाको विश्वास पनि गर्न नसकेको उनको भनाइ छ । बाङ्क्सको यो आरोपले अष्ट्रेलियाको राजनीतिमा महिलामाथि हुने व्यवहारको विषयमा पुनः एकपटक प्रश्न चिह्न खडा गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?