+
+
Shares

एलिना, समिक्षा, रचना, बेनिशा र अनिताको तीज गीतमा छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १५:०१

गायिका अनिता चलाउनेको स्वरमा ‘फूटेको चुरा’ बोलको गीत केही महिना अगाडि सार्वजनिक भयो । यो गीतले दर्शक तथा श्रोताको मन जित्यो । यो गीतको सफलतापछि अनिताले तीजको नयाँ गीत ‘जिन्दगी दुई दिनको घाम छाया’ सार्वजनिक गर्ने तयारी गरेकी छिन् । यो गीतमा अनितासँगै गायिकाहरु समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, बेनिशा पौडेलको स्वर छ ।

यो गीतमा शब्द तथा संगीत दीपक शर्माको छ । यो गीतको मंगलबार ललितपुरको एक पार्टी प्यालेसमा छायांकन गरिएको छ । यो गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा गीतमा स्वर भरेका सबै गायिकाले मोडलिङ गरेका छन् ।

साथमा, गीतमा पहिलो मिस नेपाल रुवी राणा र मोडल निश्मा घिमिरेको पनि अभिनय हेर्न सकिनेछ । भिडियोमा ३० जना कोरसको पनि नृत्य हेर्न सकिने गायिका तथा मोडल अनिताले बताइन् । गीतको भिडियोमा नृत्य गर्दै गरेकी गायिका एलिना चौहानले भनिन्–‘व्यवसायिक रुपमा म गायिका हुँ । यसैले पनि नाच्न त केही गाह्रो भैहाल्छ । तर, सारी लगाएर तीजको गीतमा नाच्न पाउँदा रमाइलो भैरहेको छ ।’

गायिका बेनिशा पौडेलले पनि आफ्नै स्वरमा रहेको गीतमा मोडलिङ पनि गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् । गायिका अनिताले साउनको १ गते गीत सार्वजनिक गर्ने बताएकी छिन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?