Comments Add Comment

नयाँ सामसुङ ‘ग्यालेक्सी एम ३२’ नेपाली बजारमा

२४ असार, काठमाडौं । नेपालको अग्रणी एवं विश्वासिलो स्मार्ट फोन ब्राण्ड सामसङले हालै  नेपाली बजारमा  #BingeMonster अन्तर्गत एम सिरिजको अर्को नयाँ स्मार्ट फोन ग्यालेक्सी एम ३२ प्रस्तुत गरेको छ।

यो नयाँ स्मार्ट फोनले वास्तवमै नयाँ युवाहरुका मुभि, गेम, सोसल मिडिया जस्ता सम्पूर्ण आवश्यकताहरु लाई यो सहजै पूरा गर्न सक्दछ । यसमा ९० हर्ज रिफ्रेस रेट को साथ ६.४ इन्चको एफएचडी सुपर एमोलेड छ । यसमा भएको सुविधाले न्यूनतम मोसन ब्लरको साथ प्रयोगकर्तालाई  सिनेम्याटिक भ्युको जीवन्त अनुभव समेत प्रदान गर्छ ।

यसको स्क्रीन ब्राइटनेस ८०० एनआईटीएसले ग्यालेक्सी एम ३२लाई अझै शक्तिसाली एवम् ब्राइटेस्ट डिस्प्ले प्रदान गरेको छ । यस्तो सुविधा यसअघि एम सिरिजहरुमा उपलब्ध रहेका थिएनन् ।

‘हामी सामसङ नेपालमा निरन्तर उत्कृष्ट फिचरहरुका साथ नयाँ नयाँ विशेषता युक्त स्मार्टफोनहरुको विकास गर्न लागि परेका छौं । यसै सिलसिलामा हामीले मोन्स्टर लेगेसीलाई निरन्तरता दिन नयाँ   #BingeMonster को साथ उपस्थित भएका छौं, जसमा  ब्राइटेस्ट तथा अझै शक्तिशाली डिस्प्ले, ६००० एमएएच ब्याट्री तथा  भर्साटाइट ६४ मेगा पिक्सलको  क्वाड रियर क्यामरा रहेको छ । यसको उत्कृष्ट क्यामराले  फोटो तथा भिडियोहरु उच्चस्तरीय खिच्ने स्वतन्त्रता प्रदान गर्दछ । यसमा भएका थुप्रै विशेषताहरुले यो डिभाइस आजका युवा एवम् जेनजीहरु माझ अझै लोकपि्रय हुने छ र सोसल मिडिया इन्टरटेन्टमा नयाँ पुस्ताहरुलाई यो फोन उत्कृष्ट सावित हुने विश्वास लिएको छु,’ सामसङ मोबाइल नेपालका विजिनेस हेड प्रणय रत्न स्थापितले भने ।

नयाँ ग्यालेक्सी एम ३२मा ६.४ इन्चको एफएचडी सुपर एमोलेड इन्फीनिटी स्क्रीन रहेको छ  । ९० हर्ज रिफि्रस रेटको साथ यसमा भएको एफएचडी सुपर एमोलेड इन्फीनिटी स्क्रीनले मोसन ब्लरलाई अझै कम गर्न सहयोग दिन्छ ।

यस फोनमा अनलिमिटेड कन्टेन्ट स्ट्रिमिङ, भिडियो कल तथा अनलाइन कोर्षहरु लिन थप सहजता प्राप्त हुन्छ । यो समूहमा उच्च ब्राइटनेस यस फोनमा रहेको छ । ८०० एनआईटीएसको मोडले चमकिलो सूर्यको प्रकाशमा पनि उत्कृष्ट दृश्याबलोकनको अनुभव प्रदान गर्दछ ।

विन्ज अन एन अन

६००० एमएएच को ब्याट्री रहेको छ, जसले गर्दा दिन रात विना अवरोध स्मार्टफोन सञ्चालन गर्न सकिन्छ । यसले २५ वाटको चार्जिङ्गलाई सपोर्ट गर्दछ, त्यसैले यो स्मार्टफोनको खरिदमा १५ वाटको फास्ट चार्जर समेत प्रदान गरिएको छ । यसमा भएको बृहत् ब्याट्री सुविधाले बारम्बार चार्ज  गरिरहनु पर्ने झन्झटबाट मुक्ति समेत दिने विश्वास लिइएको छ ।

यसमा अक्टा कोरमियिाटेक जी८० प्रोसेसर रहेको छ, यसले पनि मल्टिटास्किङ्गमा थप सहजता प्रदान गर्छ ।

विन्ज अन लाइक्स

यसमा प्रयोगकर्ताले क्लिकको भरमा आफ्नै एल्बम तथा फिड सुनिश्चित गर्न सक्नुहुनेछ । ग्यालेक्सी एम ३२ मा २० मेगा पिक्सलको  फ्रन्ट क्यामराको साथ ६४ मेगा पिक्सलको क्वाड क्यामेरा सेटअप उपलब्ध छ । यसले उत्कृष्ट सफा एवं मनोरम सेल्फी कैद गर्न सकिन्छ भने यसका साथै ८ मेगा पिक्सल को अल्ट्रा वाइड क्यामेराको सहयोगबाट अभूतपूर्व ल्याण्डस्केप लिन सकिन्छ ।

त्यसै गरी २ मेगा पिक्सलको माइक्रो लेन्सले क्लोजअप फोटो लिँदा पनि सफा एवम् स्पष्ट फोटो लिन सकिन्छ । यसका साथै प्रयोगकर्ताहरुले यसको डेफ्थ मोडलाई सहजै परिवर्तन गर्न पनि सक्नुहुने छ ।

मूल्य तथा उपलब्धता

कालो, निलो, र सेतो गरी ३ आकर्षक कलरहरुमा उपलब्ध यो फोनका दुई भेरियन्टहरु  उपलब्ध रहेका छन् । ग्यालेक्सी एम ३२ ४/६४जीबी  लाई रु २४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने  ग्यालेक्सी एम ३२ ६/१२८ जीबी  भेरियन्टलाई रु २७ हजार ९९९ रुपैयाँ तोकिएको छ । यो फोन गत २३ असार देखि नेपाल अधिराज्यभरका आधिकारीक सामसङ ब्राण्ड स्टोरहरु  तथा रिटेल स्टोरहरुमा उपलब्ध रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment