Comments Add Comment

सिरहाबाट लागूऔषधसहित चार जना पक्राउ

२५ असार, जनकपुरधाम । सिरहा प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको धनगढीमाई नगरपालिका-११ नैनपुरस्थित पवन महतोको घरमा इलाका प्रहरी कार्यालय लहान र धनगढीको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लागूऔषध बरामद भएको छ । ६ किलो ५ सय ग्राम गाँजा र स्पामो नामक ६ सय थान ट्याब्लेट बरामद भएपछि महतोको श्रीमती निला महतोलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोलबजार नगरपालिका-६ गुम्बाचोकबाट स्थानीय कुमार लामालाई २ सय मिलीग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

गोलबजार नगरपालिका ६ बाटै लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका घर भई सिरहाको धनगढीमाई नगरपालिका-१० बस्ने २५ वर्षीय प्रविण शार्मालाई नाइट्रोभेट ट्याब्लेट १ सय थानसहित पक्राउ गरिएको छ ।

यस्तै, भगवानपुर गाउँपालिका ४ बलान खोलाबाट एक जनालाई बिभिन्न लागूऔषधसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सखुवान्नकारकट्टी गाउँपालिका ४ खयरबोना टोल बस्ने सुनिल गिरी छन् । शंका लागि चेकजाँच गर्दा उनको साथबाट नोरफीन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाईजि ल्याब १४ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।

चारै जनालाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment