Comments Add Comment

प्रहरीका एआईजीहरुको सरुवा, उपत्यका प्रहरी प्रमुखमा कार्की

२५ असार, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा भएका सहकुलबहादुर थापाको पदस्थापनसँगै अन्यको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय, नक्सालका स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर पाल कार्य विभागमा पठाइएका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापाले एक वर्ष नभइ प्रहरी प्रमुखहरुको सरुवा नगर्ने आचारसंहिता बनाएका थिए । त्यसविपरित पालको ७ महिनामै सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयको अरुचिका बीच बालुवाटारको दबाबमा उनको सरुवा भएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

पालको ठाउँमा उनका ब्याची प्रद्युम्न कार्की आएका छन् । हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कार्की प्रहरीभित्रका व्यवसायिक अधिकृत मानिन्छन् ।

प्रशासन विभागका निरजबहादुर शाहीलाई अपराध अनुसन्धान विभागको जिम्मा दिइएको छ । अपराध अनुसन्धान विभागका एआईजी विश्वराज पोखरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान पठाइएका छन् ।

बिहीबारकै बैठकबाट एआईजी सहकुलबहादुर थापालाई मानव स्रोत तथा प्रशासन विभागमा सरूवा गरिएको छ । हालका आईजीपी थापाको अवकाशपछि विश्वराज र सहकुलमध्ये एक जना प्रहरी नेतृत्वमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment