+
+

महान्यायाधिवक्ता बडालले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २९ गते १३:०४

२९ असार, काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् ।

बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता कार्यालयमा मंगलबार दिउँसो एक बजे उनको विदाइ कार्यक्रम राखिएको छ । ‘प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीनामा बुझाएँ । एक बजे बिदाइ कार्यक्रम छ,’ बडालले भने ।

महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहाकार हो । सोही हैसियतमा बडालले संसद विघटनको वचाउमा सर्वोच्चमा बहस गरेका थिए ।

सर्वोच्चले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सर्वोच्चको फैसला अनुसार देउवाले आजै प्रधानमन्त्रीको शपथ लिँदै छन् ।

महान्यायाधिवक्ता राजनीतिक नियुक्ति भएकोले सरकार परिवर्तनसँगै बडालले राजीनामा दिएका हुन् । अग्निप्रसाद खरेलले राजीनामा दिएपछि ०७७ साल चैत ६ गते बडाल महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?